सुमनाले मागिन् प्रधानमन्त्री ओलीको राजीनामा


काठमाडौैं, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । जेन–जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १४ जनाभन्दा बढीको मृत्यु भएपछि रास्वपा नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेकी हुन् ।

‘प्रधानमन्त्री तपाईँले आफ्नो वैद्यता गुमाउनुभयो । तपाईँले राजीनामा दिनुपर्छ,’– उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

उनले नेपाली मारेर र बच्चा मारेर शासन गरेको भन्दै नेपाल सरकारप्रति आपत्ति जनाएकी छन् । नेतृ श्रेष्ठले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको र भ्रष्टाचारको विरोधमा जेनजी पुस्ताले आज देशभर प्रदर्शन गरेको थियो । सो क्रममा काठमाडौंमा ठूलो संख्यामा मानवीय क्षति भएको हो । काठमाडौंमा घाइते हुनेको संख्या पनि धेरै रहेको बताइएको छ ।