काठमाडौं, २३ भदौ । सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीमाथि प्रहरीले व्यापक दमन गरेको छ । सुनसरीको इटहरीमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ । मृतकको शनाखत भने हुन सकेको छैन ।
प्रहरीको गोली लागेर सख्त घाइते भएका उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुयाइएको थियो । उनीहरुको उचारको क्रममा मृत्यु भएको बताइएको छ ।
त्यस्तै, काठमाडौंमा भएको प्रदर्शनको क्रममा अहिलेसम्म १७ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएको बताइएको छ ।




प्रतिक्रिया