काठमाडौं, २३ भदौ । ‘जेन–जी’ पुस्ताहरुको शान्तिपुर्ण विरोध प्रदर्शनमा सरकारले अमानवीय तथा बर्वरतापूर्वक दमन गरी दर्जनौ निहत्था युवाहरुलाई गोली हानी हत्या गरेको भन्दै ललितपुर बार एशोसिएशनले आपत्ति जनाएको छ । लतितपुर बारले उक्त घट्नाको विरोध र भर्त्सना गरेको छ । ‘जेन–जी’ पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १७ सहित देशभर १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् । विकृति, विसंगति, अनियमिता र भ्रष्टचारविरुद्धको शान्तिपुर्ण विरोध प्रदर्शनमाथि सरकारले अमानवीय तथा बर्वरतापूर्वक दमन गरी निहत्था युवाहरुको हत्या गरेको ललितपुर बारको ठहर छ ।
‘राज्यमा भएको विकृति, विसंगति, अनियमितता र भ्रष्टचार विरुद्ध देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि नेपाल सरकारले अमानवीय तथा बर्वरतापूर्वक दमन गरी दर्जनौ निहत्था युवाहरुको गोली हानी गरेको हत्या र सयौं प्रदर्शनकारी युवाहरुलाई घाइते बनाएको घट्नाप्रति ललितपुर बार एशोसिएशन घोर विरोध र भर्त्सना गर्दछ,’– ललितपुर बारका सचिव छोनम मोक्तानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शान्तिपूर्ण रुपमा भेला, सभा, प्रदर्शन र विरोध गर्न पाउने संविधानप्रदत्त अधिकार कुण्ठित हुने गरी ‘जेन–जी’ को शान्तिपूर्ण आन्दोलनमाथि दमनकारी कार्य भएको बारको निष्कर्ष छ । यस्तो दमनपूर्ण कार्य तत्काल रोकी संयम र जिम्मेवार हुनसमेत ललितपुर बारले माग गरेको छ ।
ललितपुर बारले सरकारको दमनबाट ज्यान गुमाएको युवाहरुको उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ भने । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ती र आन्दोलनको क्रममा हाइते भएका ‘जेन–जी’ निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन ललितपुर बारले सरकारसमक्ष माग गरेको छ ।




प्रतिक्रिया