कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गर्न ढिलाई गर्नुहुँदैनः उपसभापति गुरुङ


काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्न ढिला गर्न नहुने बताएका छन् । जेन–जी आन्दोलनमा सरकारले गरेको दमनले लोकतन्त्रको चीर हरण गरेको उनको भनाइ छ । अब पनि कांग्रेस सरकारमा बसिरहनु कदापि उचित नहुने उनले बताएका छन् ।

‘कांग्रेस सरकारबाट बाहिरिने संस्थागत निर्णय गर्ने कुरामा ढिलाई गर्नुहुँदैन,’– उनले भनेका छन् ।

जेन–जी प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर हिजो १९ जनाको मृत्यु भएको थियो । जेन–जी प्रदर्शन आज पनि देशभर जारी रहेको छ ।