खानेपानीमन्त्री यादवद्वारा राजीनामा घोषणा


काठमाडौं, २४ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा घोषणा गरेका छन् । सरकारले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

‘हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु,’– उनले भनेका छन् ।

जेन–जी प्रदर्शनकोृ क्रममा प्रहरीले चलाएको गोली लागेर हिजो १९ जनाको मृत्यु भएको थियो । सरकारले जेन–जीमाथि दमन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।