प्रदर्शनकारीको निशानामा गगन थापाको घर, घर र गाडीमा आगजानी


काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगकुमार थापाको घरमा आगजानी भएको छ । जेन जी पुस्ताको हिजोका प्रदर्शनको क्रममा राज्यले १९ जनाको ज्यान लिएको भन्दै युवा पुस्तासहित सडकमा आएका प्रदर्शनकारीहरुले आज नेताहरुको घरमा आगजानी गरेका छन् ।

पार्टी कार्यालय तोडफोड र आगजानी जारी छ । यस्तैमा रातोपुलमा रहेको गगन थापाको घरमा पनि आगजानी भएको छ । अहिले घरमा दनदनी आगो लागिरहेको छ । आगो नियन्त्रण गर्ने कुनै सम्भावना नभएको बताईन्छ ।