काठमाडौं, २४ भदौ । जेन–जी प्रदर्शनकारीहरुले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा आगजनी गरेका छन् । जेनजी प्रदर्शनकारीहरुले काठमाडौंमा रातोपुलस्थिति महामन्त्री थापाको घरमा आगजनी गरेका हुन् । उनीहरुले महामन्त्री थापाको घरमा रहेको गाडीमा सुरुमा आगजनी गरेको बताइएको छ ।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध जेन–जीहरुले हिजोदेखि आन्दोलन सुरु गरेका थिए । जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । हिजोको प्रदर्शनका क्रममा सरकारको व्यापक दमन गरेसँगै प्रदर्शनकारीहरुले आज नेताहरुको घरलाई लक्षित गरी तोडफोड र आगजनी गरिराखेका छन् ।




प्रतिक्रिया