एमाले विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा


काठमाडौं, २४ भदौ । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले हिजो विद्यार्थी राजनीतिको शीर ढलेको दिन भन्दै पद त्यागेको घोषणा गरेका हुन् ।

उनले विद्यार्थीहरुको हक, अधिकार र भविष्यको संरक्षक, पथप्रदर्शक विद्यार्थी संगठनहरुले स्कुले पोशकमा रहेका विद्यार्थीको प्राण रक्षासमेत गर्न नसकेको उल्लेख गरेका छन् । आफ्नो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अनेरास्ववियुको केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्

हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन १

विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन ।
तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु। यतिवेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दवाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ। मेरो जीवनको सबैभन्दा कालो दिन ।