काठमाडौं, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदहरु राजीनामा दिएर संसद्बाट बाहिरिने भएका छन् । विकसित पछिल्लो घटनाक्रमले वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै राप्रपाले संसद्बाट बाहिरिने निर्णय गरेको हो ।
राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सबै सांसदहरुलाई सामुहिक राजीनामाको लागि भनिएको प्रवक्ता ज्ञानबहादुर शाहीले बताए । राप्रपाले आन्दोलनरत जेन जी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न अपिल गरेको छ ।




प्रतिक्रिया