काठमाडौं, २५ भदौ । जेन–जी प्रदर्शनका क्रममा आगजनी हुँदा कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केट जलेर ध्वस्त भएको छ । हिजो (मंगलबार) प्रदर्शनकारीहरूले कोटेश्वरस्थित रहेको भाटभटेनीमा पसेर आगो लगाइदिएका थिए ।
आगजनीबाट भाटभटेनी रहेको भवन पूर्ण रुपमा जलेर ध्वस्ता भएको छ । जेन–जी प्रस्ताले सोमबारदेखि गरेको आन्दोलनमा सरकारले दमन गर्दा २२ जनाभन्दा बढीको मृत्यु भएको थियो । सोमबारको प्रदर्शनका क्रममा व्यापक दमन सहेका जेन–जीहरुले मंगलबार भने विभिन्न सरकारी कार्यालय, नेताहरुको घर र उद्योगपति तथा व्यवसायीहरुको घर तथा व्यवसायस्थलमा तोडफोड र आगजनी गरेका थिए ।





प्रतिक्रिया