प्रधानमन्त्रीको रुपमा सुशिलाले सपथ खाएपछिमात्रै पानी पिउने सुधन गुरुङको घोषणा


काठमाडौं, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्न सहमत भएका छन् । जेन जी ले अघि सारेको मागबमोजिम नै संसद् विघटन गरेर नयाँ सरकार बनाउने शितलनिवासमा समझदारी बनेको हो । अहिले केहीबेरमा जेन जीले अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेर सपथ खुवाउने सहमति बनेको छ ।

नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयमा राखिने तयारी भैसकेको छ । कर्मचारीले सिंहदरबारमा कुर्सी, फर्निचरलगायतका सामानको बन्दोबस्ती गरिसकेका छन् । जेन जीको तर्फबाट सुधन गुरुङले आज विहानैदेखि शितलनिवासमा निर्णायक वार्ता गरेका थिए ।

उनले आज विहानदेखि पानीसमेत नपिएको भनिएको छ । प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले सपथ खाएपछिमात्रै पानी पिउने भनेका छन् । प्रधानमन्त्रीको रुपमा सुशिलालले आजै राति ९ बजे सपथ खाने भएकी छिन् ।