नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथग्रहणमा पूर्व प्रधानमन्त्री भट्टराईमात्रै सहभागी, अरु पूर्व प्रधानमन्त्री अनुपस्थित्


काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनियताको शपथ लिँदा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाहेक कोहीपनि उपस्थित् भएनन् । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौंको एक अस्पतालमा उपचारमा छन् । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालपनि शपथ ग्रहण समारोहमा देखिएनन् ।

शपथ ग्रहण समारोह शितलनिवासको एउटा हलमा सम्पन्न भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । सो समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको पनि उपस्थिति थियो । सभामुख देवराज घिमिरेको भने उपस्थिति थिएन । समारोहमा नेपालका लागि अमेरिका, चीनलगायतका राजदूतहरुको उपस्थिति थियो ।