जेन–जी आन्दोलनमा मृत्युवरण गर्नेहरुको संख्या ७२ पुगेको सरकारको जानकारी


काठमाडौं, २९ भदौ । सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुगेको जनाएको छ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आज (आइतबार) सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा सरकारले यस्तो जानकारी गराएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार आन्दोलनकारीतर्फ ५९ जनाले मृत्युवरण गरेका छन् । यस्तै, प्रहरीतर्फ ३ जनाको निधन र कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको हो ।

सरकारले जेनजी आन्दोलनमा मारिनेहरुलाई शहीद घोषणा गर्नुको साथै परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।