काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशिला कार्कीले जेन–जी आन्दोलनको क्रममा मुलुकले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै आन्दोलनमा भएको तोडफोड र आगजानीको घट्ना हेर्दा आफूलाई षड्यन्त्र भएको हो कि भन्ने लागेको आशंका व्यक्त गरेकी छिन् । यो घट्नाको सरकारले गम्भीर छानबिन गरेर कारबाही गर्ने उनको प्रतिबद्धता छ ।
आज (आइतबार) सिंहदरबारमा पदभार ग्रहण गर्दै यस्तो बताएकी हुन् । उनले भनिन्,‘कुन परिस्थितिमा अन्तरिम सरकारको मन्त्रिमण्डल गठन भयो भन्ने कुरा यहाँहरु जानकार हुनुहुन्छ । २७ घण्टाको आन्दोनलबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ । देशभरिमा ४० जना युवायुवतीले मृत्युवरण गर्नुपर्यो । सुरक्षा निकाय, प्रहरी विटहरु, सर्वोच्च अदालत, तराईका सबै जिल्ला अदालत, उच्च अदालत, सिंहदरबारसमेत सम्पूर्ण आगोमा विभत्स जलेर गयो । हाम्रा रेकर्ड, प्रमाणहरु, सर्वोच्च अदालतको प्रमाण नष्ट भएर हामीलाई ठूलो समस्या, भौतिक क्षति बनाउनपनि सकिने रहेछ, मुलुकका आवश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भएको छ । देशको शासन चलाएका भवनहरु, मिसिल र कागज । यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली नै कसरी भन्ने ? यो घट्ना देशमा यस्तो घट्ना पहिलोचोट भएको हो ।’
प्रधानमन्त्री कार्कीले यो घट्ना प्लान वे मा भएको जस्तो लागेको आशंका व्यक्त गरिन् । उनले थपिन्,‘यो एउटा प्लान वे मा षड्यन्त्र भएको हो कि भन्ने लाग्छ । अनुशासन्धान हुन बाँकी छ । अनुसन्धान गरेर यसरी नोक्सान गर्नेहरुलाई, माटो मेट्ने गर्नेहरुलाई छोड्नुपर्ने छैन । यसको खोजबिन हुनुपर्ने अवस्था छ । जुन परिस्थितिले म आएँ, म रहरले आएको होईन । म विवश भएर आएको हुँ । सत्ता र पदको रसस्वादन गर्न आएको होईन । यो मेरो उमेर पनि होईन । हामीलाई विषम परिस्थितिमा खोजी भयो, आवाज उठ्यो । किन सेवा नगर्ने भनेर आएको हुँ । म यो ६ महिनामात्रै बस्ने हो, त्यो भन्दा अघि नबस्ने भनेका छौं । नयाँ संसदलाई र नयाँ मन्त्रीहरुलाइृ जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं ।’




प्रतिक्रिया