काठमाडौं, ३० भदौ । नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण शितलनिवासमा हुँदैछ । समारोहमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत पुगिसकेका छन् ।
हिजो नियुक्त भएका अर्थमन्त्री रामेश्वर खनाल, उर्जासहित भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ, र गृहसहित कानूनमन्त्रीमा नियुक्त भएका ओमप्रकाश अर्यालले आज शपथ लिन लागेका हुन् । प्रधानमन्त्री सुशिला कार्कीले आफ्नो टिम सानो तथा छरितो बनाउने भएकी हुन् । जम्मा ११ जना मन्त्री बनाउने प्रधानमन्त्री कार्कीको तयारी छ ।




प्रतिक्रिया