प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न सिंहदरबार जाँदै भारतीय राजदूत, मोदीसँगको भिडिओ सम्वादको मिति तय हुने


काठमाडौं, ३१ भदौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भएका छन् । आज अपरान्ह ४ बजे सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग भेट्ने तय भएको जनाईएको छ ।

यसअघि आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री कार्कीबीच भिडिओ वार्ता हुने भनिएको थियो । तर, त्यसको लागि समय व्यवस्थापन नभईसकेको बताईएको छ । आज भारतीय राजदूतले भेटेपछि दुई देशका प्रधानमन्त्रीबीच भिडिओ हुने कन्फरेन्सको मिति तय हुनेछ ।।