नेकपा (बहुमत) को संयुक्त जबस मोर्चाद्वारा जेन-जीको सहभागितासहित स्वाधीन सरकार गठनको माग


काठमाडौं, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को संयुक्त जबस मोर्चाले जेन–जीको सहभागितासहित संयुक्त स्वाधीन सरकार गठनको माग गरेको छ । संयुक्त जबस मोर्चाले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरु सार्वजनिक गरेको हो ।

मोर्चाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको निर्वाचन घोषणा गर्नुपर्ने, २०४७ यताका सबै राज्य निकायको जिम्मेवारी सम्हालेका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति र सबै भ्रष्टाचारका काण्डको छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग अगाडि सारेको छ ।

त्यस्तै, तत्काल शिक्षा र स्वास्थ्य निशुल्क घोषणा गर्नुपर्ने, भदौ २३ गते हत्याकाण्ड मच्चाउन संलग्न सबैलाई तत्काल गिरफ्तार गरी कारबाही गरिनुपर्ने, पुर्ननिर्माणका लागि कम्तीमा ५० हजारको स्वयंसेवकको आह्वान गर्नुपर्ने र जेन–जी युवा विद्रोहको जगमा सरकारमा पुग्ने र यसैलाई अपराधीकरण गर्ने काम बन्द गरिनुपर्ने आफ्ना मागहरु अगाडि सारेको छ ।