मन्त्री कुलमान घिसिङ कान्तिपुर टिभीको मुख्यालयको निरीक्षणमा पुगे


काठमाडौं, ३१ भदौ । उर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङ जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजानी भएको कान्तिपुर टेलिभिजनको कार्यालय निरीक्षण गरेका छन् ।

आगजानीमा परी कान्तिपुरको भवन ध्वस्त भएको छ । सो क्रममा कान्तिपुरका मालिक कैलाश सिरोहियालगायतसँग कुलमानले छलफल गरेका थिए ।