राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य


काठमाडौं, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ ३१ गते राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः ०० बजेदेखि अन्त्य गर्नुभएको छ,’– राष्ट्रपतिको कार्यालयबाट जारी सूचनामा भनिएको छ ।