कांग्रेसले देशव्यापी रूपमा संविधान दिवस मनाउने


काठमाडौं, १ असोज । नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काले संविधान दिवस मनाउनको लागि पार्टीपंक्तिलाई निर्देशन दिईएको स्पष्ट पारेका छन् । सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भनेको छ ।

एमाले, माओवादीलगायतका दलले संविधान दिवस मनाउने तयारी गरेर पार्टी पँक्तिलाई निर्देशन दिएका छन् । कांग्रेसले पनि संविधान दिवस देशव्यापी रुपमा मनाउन आम पार्टी पँक्तिलाई निर्देशन दिएको हो । खड्का आज सानेपामा रहेको पार्टी कार्यालयको निरीक्षणमा पुगेका थिए ।

सो क्रममा उनले संविधानप्रति प्रतिबद्ध रहेर ७७ वटै जिल्लामा संविधान दिवस मनाउने तयारी रहेको बताएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा भने अहिलेपनि उपचारमै छन् ।