काठमाडौं, १ असोज । जनमत पार्टीका पदाधिकारीले डा. सिके राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादवलगायतले आज अध्यक्षबाट राजीनामा निद भनेर राउतलाई २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
यसरी अल्टिमेटम दिनेमा जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका अध्यक्ष सिके सिंह, वरिष्ठ प्रदेश इन्चार्ज सुदूरपश्चिम राजाराम चौधरी र राष्ट्रिउ परिषद तथा केन्द्रीय सदस्य विक्रम बहादुर बमले आज सामूहिक हस्ताक्षर गरी नेतृत्वले मार्ग प्रशस्त गरेका हुन् । उनीहरुले पछिल्लो समय पार्टी नेतृत्वको कमजोर प्रदर्शन देखिएको आरोप लगाएका छन् । उनीहरुले संगठन विभाग प्रमुख डा. जयकान्त राउतको पनि राजीनामा मागेका छन् । जयकान्त सिके राउतका दाइ हुन् ।






प्रतिक्रिया