काठमाडौं, १ असोज । यही भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाईएको छ । माइतीघरमा आज विभिन्न ब्यानरमा शोक दिवस मनाईएको छ ।
आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । भदौ २३ गतेको प्रदर्शनमा सरकारको दमनको कारण १९ जना युवाले ज्यान गुमाएका थिए । भदौ २४ गतेको प्रदर्शनमा पनि ठूलो संख्यामा नागरिकले ज्यान गुमाएका छन् । दुई दिनको प्रदर्शनको क्रममा अहिलेसम्म ७३ जनाको निधन भएको सरकारको तथ्यांकले भनेको छ ।












प्रतिक्रिया