काठमाडौं, ३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद् विस्तारको तयारी थालेकी छिन् । प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद् जम्मा ११ जनाको बनाउने भनिसकेकी छिन् । जसअनुसार गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई जिम्मेवारी दिईएको छ ।
मन्त्री अर्याललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पनि नेतृत्व दिईएको छ । यस्तै, कुलमान घिसिङलाई पनि तीन वटा मन्त्रालयको जिम्मा दिईएको छ । अहिले मन्त्री घिसिङले उर्जा, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गरिरहेका छन् । अर्थ मन्त्रालयको नेतृत्वमा भने अनुभवी अर्थविद् रामेश्वर खनाललाई ल्याईएको छ ।
परराष्ट्र, शिक्षा र रक्षा मन्त्रालयजस्ता संवेदनशील मन्त्रालयमा नेतृत्वविहीनको अवस्था छ । यही अवस्थालाई ध्यानमा राखेर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि गृहकार्य थालेकी छिन् । शिक्षा मन्त्रालयको नेतृत्वमा शिक्षाविद्लाई ल्याउनुपर्ने आवाज उठेको छ ।
जेन–जी पुस्ताले शिक्षा मन्त्रालयमा अनुभुवी र शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान दिएको व्यक्तित्व ल्याउनुपर्ने आवाज उठाएका छन् । अहिले शिक्षा मन्त्रालयको नेतृत्वको लागि डा. विद्यानाथ कोइराला र डा. राजेन्द्र केसीको नाम चर्चामा छ । केसी नेपाललाई शैक्षिक हब बनाउने अभियानमा होमिएका व्यक्तित्व हुन् । उनले बजारमा ‘वैकल्पिक सोच’ नामक पुस्तकसमेत ल्याएका छन् । उनी नेपाल पिएचडी एशोसिएनका संस्थापक अध्यक्षसमेत हुन् । आफू देशमा परिवर्तनको पक्षमा रहेको केसीको भनाई छ ।
Related-Video




प्रतिक्रिया