शितलनिवास पुगेका सुदनले चिया त परै जाओस पानी पनि पिएनन्


काठमाडौं, ४ असोज । हामी नेपालका संयोजक सुदन गुरुङले आफू संविधान दिवसको अवसरमा कुनै उत्सव मनाउन शीतलनिवास नगएको प्रष्ट पारिसकेका छन् । उनले पूराना दलका नेताहरुले फेरि शीर ठाडो नपारुन् भनेर आफू खबरदारी गर्नको लागि हिजो शीतलनिवास गएको स्पष्ट पारेका छन् ।

आफ्नो फेशबुक पेजमार्फत उनले शीतलनिवास जानुको कारण खुलाएका छन् । सुदनले शीतलनिवासको बसाईको क्रममा आफूले चिया त परै जाओस पानी पनि नपिएको स्पष्ट पारेका छन् । उनले युवाहरुको त्याग र बलिदानीबाट अन्तरिम सरकार प्राप्त भएकोले सरकारको पहेदारी गर्न आफू शीतलनिवास पुगेको आफूनिकटका युवाहरुलाई भनेका छन् ।

यसअघि जेन-जी आन्दोलन उत्कर्षमा पुगेको बेलामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको र नयाँ सरकार गठनको लागि पनि उनी सहजीकरण गर्दै शीतलनिवास पुगेका थिए । नयाँ सरकार नपाएसम्म पानी पनि नपिउने अडान लिएका सुदनले अन्ततः सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि मात्रै पानी पिएको समाचार बाहिरिएको छ ।

सुदनले आफू देश बनाउने अभियानमा रहेको बताउने गरेका छन् । युवाहरुलाई विभाजित नहुन र एक ढिक्का भएर बाँकी परिवर्तनको लागि सतर्क हुन पनि उनको अपिल छ ।