काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। आज चार जना मन्त्रीहरुले शपथ लिएसँगै उनी नेतृत्वको मन्त्रिपरिषद्मा ७ जना मन्त्रीहरु भएका छन् । प्रधानमन्त्री कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्रिपरिषदमा नियुक्ति र हेरफेर गरेका हुन् । यसअघि कानून, न्याय तथा संसदीय मामिलाको जिम्मेवारीसमेत पाएको गृहमन्त्री ओमप्रकाश अर्यालबाट उक्त जिम्मेवारी खासेर नवनियुक्त उद्योगमन्त्री अनिलकुमार सिन्हालाई सो जिम्मा दिईएको छ ।
मन्त्री सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा दिईएको छ । मन्त्रिपरिषद्को पहिलो वरियतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल नै छन् । दोस्रो वरियतामा उर्जामन्त्री कुलमान घिसिङ र तेस्रो वरियतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।
चौथो वरियतामा भने उद्योगमन्त्रीमा नियुक्त अनिलकुमार सिन्हालाई राखिएको छ । सिन्हा सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । पाँचौ वरियतामा शिक्षामन्त्री महावीर पुन, छैटौंमा कृषिमन्त्री डा। मदनकुमार परियार र सातौं वरियतामा सञ्चारमन्त्री जगदीश खरेल छन् ।




प्रतिक्रिया