कारागार फर्किएका रायमाझीको डिल्लीबजार सरुवा


काठमाडौं, ७ असोज । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । उनी हिजो (सोमबार) बेलुका उनी केन्द्रीय कारागार सुनधारामा फर्किएका हुन् । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा जेल तोडेर कैदीबन्दीहरु भाग्ने क्रममा रायमाझी पनि फरार भएका थिए । कारागारबाट फरार भएका रायमाझी केही समयपछि सम्पर्कमा आएर फर्किने बताएका थिए ।

फर्किएलगत्तै रायमाझीलाई डिल्लीबजार कारागारमा सरुवा गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी विगत दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् । जेन–जी आन्दोलनका क्रममा सुनधारा कारागारबाट ३ हजार ५ सयभन्दा बढी कैदीबन्दी फरार भएका थिए । रायमाझीले डिल्लीबजार कारागार जाने इच्छा व्यक्त गरेपछि त्यहाँ पठाइएको सुनधारा जेल प्रशासनले बताएको छ ।