जेन-जी आन्दोलनमा पार्टीको समर्थन भएपनि अगुवाइ नगरेको रास्वपाको स्पष्टोक्ति


काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी आन्दोलनमा आफ्नो पार्टीको समर्थन भए पनि अगुवाइ भने नगरेको बताएको छ । आज (मंगलबार) केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै रास्वपा प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।

नेता झाले गत चैत २४ गतेको जेन–जी आन्दोलनको घटना सोचेभन्दा फरक रहेको बताए । उनले २४ गतेको उक्त घटनामा सहभागिताका लागि रास्वपाको कुनै आह्वान नरहेको पनि उनले बताए ।

नेता झाले आगजनी र लुटपाट रास्वपाको सिद्धान्त नरहेको पनि प्रष्ट पारे । उनले अरू पार्टी नेता÷कार्यकर्ताले आगजनी र तोडफोडमा संलग्न भएको पुष्टि हुँदासमेत चुइँक्क नबोलेको र आफ्ना पार्टीका नेताहरुले स्वतः राजीनामा दिएको उनले स्मरण गराए ।