नख्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरु सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ


काठमाडौं, ७ असोज । जेन–जी आन्दोलनको कारण भदौ २४ गते नख्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरु सानु भण्डारी र केशव दुलाल पक्राउ परेका छन् । उनीहरु आज ललितपुरको धापाखेलबाट पक्राउ परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीहरु धमाधम पक्राउ पर्न थालेका छन् । कतिपय आँफै कारागार फर्किएका छन् । देशभरिबाट करिब ८ हजार कैदीबन्दीहरु अझै सम्पर्कविहीन रहेको बताईन्छ । प्रहरीले अहिले कैदीबन्दीहरु पक्राउको लागि विशेष अपरेशन चलाएको छ ।