काठमाडौं, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको सबै तहका नेताहरुले चाडपर्वको दौरान शुभकामना पत्रहरुबाहेक कुनै किसिमका उपहार स्वीकार नगर्न निर्देशन दिएको छ । रास्वपाका प्रवक्ता मनिष झाले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
पार्टीका पूर्व सांसदहरुले यथाशिघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन पनि रास्वपाको निर्देशन छ ।
झाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं । तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्वसम्बन्धित कार्यक्रम आयोजना नगर्न र नगराउन सबै तहका पार्टी पँक्तिमा अनुरोध गरिन्छ ।’




प्रतिक्रिया