दाङ, २० असोज । लमही नगरपालिका–९ अमिलियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट र नाईट्राजेपाम ४८ ट्याब्लेट सहित तुलसीपुर नगरपालिका–८ बस्ने सल्यान बागचौर नगरपालिका–५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.८ प ४८०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका–६ तिलकाना बस्ने ३१ वर्षीय खड्क बहादुर रोकालाई अवैध लागूऔषध गाँजा ५७ ग्राम ७ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० क्याप्सुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया