काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ नानू बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । बाँस्तोलाले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार भइरहेको मनोनयन दर्ता प्रक्रियाअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् । उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् ।
बाँस्तोला विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छिन्। उनले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, नेपाल महिला संघको केन्द्रीय सदस्य तथा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा काम गरिसकेकी छिन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा समेत सक्रिय रहँदै आएकी छिन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न समूह र क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको हो।




प्रतिक्रिया