काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्नुको साथै पार्टीको आसन्न विशेष महाधिवेशनको तयारीको सन्दर्भमा निर्णय लिने बताईएको छ ।
आजको बैठकले मंसिरमा गर्ने भनिएको विशेष महाधिवेशनको मिति नै तय गर्ने बताईएको छ । साथै, महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिको विषयमा पनि छलफल हुने बताईएको छ । यस्तै, विचार मिल्ने राजनीतिक दलहरुसँग एकताको गृहकार्य र प्रगतिबारेपनि आज छलफल हुने भनिएको छ ।
माओवादीले सबै कमिटी विघटन गरेर महाधिवेशन आयोजक कमिटी बनाएको छ । अहिले प्रचण्ड महाधिवेशन आयोजक समितिका संयोजकको जिम्मेवारीमा छन् ।




प्रतिक्रिया