काठमाडौं, २१ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले आफूलाई गिरफ्तार गर्न खोजेको दाबी गरेका छन् । उनले आफू राष्ट्रवादी र जनवादी नेता भएको कारण वर्तमान सरकारले पहिलो निशाना बनाएको बताएका छन् । वर्तमान सरकारले आफूले देश र जनताको हितमा बोलेको देखेर बोली बन्द गर्न चाहेको पनि उनको भनाई छ ।
बस्नेतले फेशबुकमा लेखेका छन्-
वर्तमान सरकारले राष्ट्रवादी जनवादी नेता महेश बस्नेतलाई राम्ररी नै चिनेको छ। यही कारणले उनीहरू मलाई पहिलो निशाना बनाएर गिरफ्तार गर्न खोजिरहेका छन्न्, मैले राष्ट्रियता र जनहितको बारेमा बोलेका बोली बन्द गर्न चहान्छ।
६ महिना अगाडि मैले सामाजिक सञ्जालमा लेखेको एक अमूर्त स्टाटसलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै, लाजपचेकि एक महिलालाई अघि सारेर जेन्जीका उरणठ्यौला केटाहरू र उनीहरुका बिदेशी दलाल गुरुहरुको प्लानिङमा मेरो विरुद्ध पक्राउ पुर्जीको मागसहित प्रहरी काठमाडौं जिल्ला अदालत गएको रहेछ ।
जुन प्रमाण नपुग्ने भनी यस अगाडि नै साइबर प्रहरीबाट तामेलीमा राख्ने प्रक्रियामा गैसकेको थियो। काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। जुन निर्णयले प्रमाणित गरेको छ कि न्याय मरेको छैन।
अदालतप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु।




प्रतिक्रिया