हामी हाम्रो अध्यक्षको सुरक्षा सुनिश्चित् गर्न सक्षम छौं, सुरक्षा कटौती सरकारको गम्भीर त्रुटि हो : महेश बस्नेत


काठमाडौं, २४ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा कटौती गरेको विषयमा आक्रोश पोखेका छन् । उनले सरकारको यो कदमलाई गम्भीर त्रुटि भनेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले आफूहरु आफ्नो अध्यक्षको सुरक्षा सुनिश्चत् गर्न सक्षम रहेको पनि उल्लेख गरेका छन् । उनले सरकारले सरकारले पूर्व प्रधानमन्त्री ओलीको सुरक्षा कटौती गरेको खबर गम्भीर विषय भएको पनि उल्लेख गरेका छन् ।

पूर्व विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था गर्नु संसारको सबै सरकारको कानूनी र नैतिक दायित्व भएको पनि उनले सम्झाएका छन् ।