काठमाडौं, २८ असोज । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । सुन तस्करी प्रकरणमा सिआईबीले पक्राउ गरेको महरालाई हिजो (सोमबार) सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।
आजबाट बयान सुरु भएको छ । महराको बयान न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरु भएको हो । महराबिरुद्ध ८ करोड ५५ लाख बिगो मागिएको छ । यस्तै, ३ वर्ष कैदसजाय समेत मागिएको छ । सिआइबीको टोलीले महरालाई आइतबार लतिलपुरको खुमलटारबाट पक्राउ गरेको हो ।




प्रतिक्रिया