काठमाडौं, असोज २९ । आज पनि सुनको मूल्यले रेकर्ड राखेको छ । मंगलबार प्रतितोलामा आठ हजार एक सय रुपैयाँले बढेको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलाको दुई लाख ४८ हजार नौ सय सयमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने घटेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घटेर तीन हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया