सर्लाहीमा छठ पर्वको रौनक, पूजाको तयारी पूरा


काठमाडौं, १० कार्तिक । सर्लाहीमा छठ पर्वका पूजाको तयारी पूरा भएको छ । विभिन्न पोखरीमा पूजाको तयारी गरिएको छ । त्यसका लागि अर्घ ल्याउने क्रम जारी छ । आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

त्यसका लागि अहिले छठ घाटमा अर्घ राखिएको हो । घाटमा सर्वसाधारणको घुइँचो बढिरहेको छ । जनकपुर, वीरगञ्ज, राजविराजलगायतका ठूला सहरमा आज छठको रौनकता छाएको छ ।