काठमाडौं, १२ कातिर्क । रुुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका रुद्रबहादुर कामीको दुवै मिर्गौला फेल भएको छ । सुरुमा नेपालगञ्जमा उपचार गराएपछि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं आएको उनले जानकारी दिए । दुवै मिर्गौला फेल भएप्छि अहिले मुटुरोग र मधुमेह रोगले समेत दुःख दिएको उनको भनाई छ ।
बिकले उपचारको लागि सहयोगको याचना गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू विगत पाँच वर्षदेखि ठूलो स्वास्थ्य समस्या व्यहोरिरहेको जनाएका छन् । पाँच वर्षदेखि उपचारको लागि काठमाडौंमा बस्दा आफ्नो जायजेथा (सम्पत्ति) सबै सकिएको पनि उनको भनाई छ । आफू आर्थिक, सामाजिक र नैतिक हिसाबले एकदमै टुटेको तर बाँच्नकोलागि आज सहयोगको याचना गर्न मिडियासामू आएको उनले बताए ।
रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलासँगको भेटमा आफूलाई सहयोगको लागि मिडियामा अपिल गर्न सुझाव प्राप्त भएकोले सोहीअनुसार आज सहयोगी मनहरुलाई अपिल गर्न क्लबमा आएको पनि उनले स्पष्ट पारे । उनले भने,‘मलाई विगत पाँच वर्षदेखि टिचिङ अस्पतालमा उपचार गराईरहेको छु, सहयोगी मन र चिकित्सकहरुको उदार हृदयको कारण बाँचेको छु ।मेरो घर भत्किएको छ, मेरा बच्चाबच्चीहरु अरुको घरमा आश्रय लिएर बसेका छन् । अहिले मेरो परिवारलाई निकै ठूलो पीडा छ ।’ यसअघि पटक पटक शल्यक्रिया भएकोले अब फेरि अर्को शल्यक्रिया छिट्टै हुने भएकाले सहयोग गरिदिन बिकको अपिल छ । सो क्रममा उनले आफूलाई सहयोग गर्नैहरुको लागि नेपाल बैंकमा रहेको आफ्नो खाता नम्बर १८९०१००६५३९९६००००००१ रहेको सार्वजनिक गरेका छन् ।




प्रतिक्रिया