काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा पूनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकारलाई संसद् र जनताले नचिनेको दाबी गर्दै संसद् पूनःस्थापना हुने दाबी गरेका हुन् ।
महासचिव पोखरेलले,‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदन गर्ला भन्ने विश्वास गरेका छैनौँ।’





प्रतिक्रिया