काठमाडौं, १७ कार्तिक । सरकारले भदौ २३ र भदौ २४ गते भएको जेन–जी आन्दोलनमा मृत्युवरण गरेका ४५ जनालाई शहीद घोषणा गरेको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकपछिको निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले भने,‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ ।’






प्रतिक्रिया