काठमाडौं, १७ कार्तिक । पुकार बमले मिल्न नसके सबै सँगै जेलभित्र भन्दै ७ बुँदे ध्यानाकार्षण जारी गरेका छन् । उनले चुनावपछि पूराना दलहरुको महागठबन्धनको सरकार बन्ने र नयाँहरुलाई जेल कोच्नसक्ने खतरा औंल्याएका छन् । त्यसको लागि उनले २०८२ चैत्रपछि बन्ने सरकारले जेन–जीहरु र वैकल्पिक शक्तिहरुलाई हटाउने भनेका छन् ।
उनले अघि सारेको ७ बुँदे ध्यानाकार्षणको पहिलो बुँदामा मुद्दा, विचार र सिद्धान्त एक हुँदाहुँदै एक्ला एक्लै जाने हो भने अबको बाटो जेलभित्र हुने टिप्पणी गरेका छन् । दोस्रो बुँदामा भने अनि त्यही कालकोठरी जेलभित्र – सानो (धिपधिपे) चिमको उज्यालोमा भजन किर्तन कत्थक डिस्को डान्स नाचगान दोहोरी र र्याप ब्याटल तालमा एकताको बार्ता गर्ने दिन टाढा नहुने भनेका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
।। मिल्न सकेन भने #सबै #संगै – #जेल #भित्र ।।
( #७बुदे #ध्यानाकर्षण )
चैत्र२०८२ लगत्तै – चुनाव पछिको उहीँ पुराना नेताहरुको नेतृत्वको महागठ्बन्धन सरकारको पहिलो प्राथमिकता :#OperationKiloSera2 #Version2 ( #EliminateGenZ #EliminateAlternatives )
( #Note : नेपालको Operation #किलोसेरा२ इतिहास गुगल भरी छ )
- मुद्दा, विचार र सिद्धान्त एक हुँदाहुँदै एक्ला एक्लै जाने हो भने अबको बाटो स्पष्ट छ – जेल भित्र ।
- अनि त्यही कालकोठरी जेलभित्र – सानो #धिपधिपे #चिमको उज्यालोमा भजन किर्तन कत्थक डिस्को डान्स नाचगान दोहोरी र Rap Battle तालमा एकता को बार्ता गर्ने दिन टाढा छैन ।
- मिति #याद #राखिराख्नुस् है – #२०८२फागुन२१ मा चुनाव भइहाल्यो भने चुनावको नतिजा #फागुन३० भित्रसम्म आइसक्छ र तिनै पुरानाहरु महागठबन्धनको आडमा #GenZ जनआन्दोलन पश्चातका अहिले एक्ला एक्लै नयाँ वैकल्पिक भनिएका सानासाना शक्तिहरूलाई र तिनका नेतृत्वहरूलाई चैत्र २०८२ देखिन छानी छानी खोजीखोजी जिल्ला जिल्लामा अनेकौ मुद्दा लगाएर जेलभित्र अनन्तकालसम्म सढाउने निश्चित प्राय छ।
- अत्याचारको पनि सीमा नाघ्नेगरी योभन्दा अघिल्लो #ओली #देउवा नेतृत्वको कांग्रेस एमालेको दुईतिहाइको सरकारले रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साधेको जग जाहेर छ ।
- तलका प्रश्नबाट कोही पनि भाग्न पाउँदैन। जवाफ दिनैपर्छ ।
” आजसम्म दोषी करार नभै सकेका,
कारागार भित्र भएकै एकमात्र कारण देखाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाईमात्र एकताको बाधक देख्दै गर्दा,
भोलि नया दलका अध्यक्ष Kulman Ghising माथी ( नीतिगत संस्थागत र आर्थिक #भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग, संगठित अपराध, अपचलन लगायतका मुद्दा ) र कुलमानजी नेतृत्वको पार्टीका अन्य प्रमुख नेता भनिएका र समर्थगरेका नेतृत्वकर्ता Balen Shah Balen बालेन शाह Sumana Shrestha सुमना श्रेष्ठ Sudan Gurung सुदन गुरुङ Sagar Dhakal सागर ढकाल Som Sharma सोम शर्मा लगायत माथी ( देशद्रोह, आतंकवाद प्रोत्साहन , साम्प्रदायिक दङ्गा उत्प्रेरणा ,आन्दोलनमा भीडलाई उक्साएको , विध्वंश मचाएको ,आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने मुद्धा, हुलहुज्जत गरेको लगायत ) मुद्दा दायर पश्चात् तपाईहरु लाई के भन्ने ??
दोषी करार नहुन्जेल त्यो बेला तपाईँहरू नेतृत्व गर्न अयोग्य ठहर हुन्छ ??
१०-१५ जिल्लामा मुद्दा दायर भै अनुसन्धानको लागि जेलभित्र रहेको बेला नयाँ पार्टीका अध्यक्ष कुलमान घिसिङ र पदाधिकारी र नेतृत्वबाट तपाईँहरू पछाडि हट्नुहुन्छ ? बालेन शाहले फेरि पनि समर्थन गर्नुहुन्छ ???
- अहिले तपाईँहरूलाई यो सबै परेको छैन त्यसैले यसको उत्तर थाहा नहुन पनि नहुन पनि सक्छ। तर परिसकेपछि सायद यी सबैका उत्तर तपाईहरुसँग हुनेछ तर त्यो बेला धेरै ढिला भइसक्नेछ।
- त्यो बेला सबैजनासँगै नक्खु कारागारभित्र छलफल बहस वार्ता गर्दै गर्नुहोला। सायद नेपाली जनताले खोजेको रोजेको चाहेको सपना देखेको यही दिन देख्नलाई होला ।
सबैको जय होस्🙏
पशुपतिनाथले यो देशको रक्षा गरुन 🙏🙏




प्रतिक्रिया