पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन : मन्त्री घिसिङ


काठमाडौं, १७ कार्तिक । उर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भनेर आएको समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्–‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’