रामकुमारीले एमालेमै फर्किने मन बनाईन्, ओली स्वागत गर्न आतुर


काठमाडौं, १८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री एमालेमा फर्कनेगरि अघि बढेकी छिन् । हालै एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताको घोषणा गरिसकेको छ । झाँक्री एकता प्रक्रियामा सरिक भईनन् । उनी महासचिव घनश्याम भुसालले पूनर्गठन गर्ने भनेको पार्टीमा पनि नबस्ने भएकी हुन् ।

एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने भनेर बहुमतबाट केन्द्रीय कमिटीबाट निर्णय भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरानै घर एमालेमा फर्कनको लागि अपिल गरेका थिए । योबीचमा झाँक्री एमालेमा फर्कनेगरि अध्यक्ष ओलीसँग सम्पर्कमा रहेको बताईन्छ ।

सम्मानित नेता झलनाथ खनालगायतले पार्टी पूनर्गठन गर्ने उद्घोष गरेको बेलामा झाँक्री भने पूरानै घर एमालेमा फर्कनको लागि तयार छिन् । उता, झाँक्रीसहितका नेतालाई पार्टीमा स्वागत गर्न ओलीपनि आतुर रहेको बताईन्छ ।

नेकपाकालिन विवाद उत्कर्षमा पुग्दा झाँक्री माधव नेपाल र प्रचण्डको कित्तामा उभिएकी थिईन् । पछि माधव नेपालको नेतृत्वमा अहिलेको एकीकृत समाजवादी गठन गर्नको लागि पनि झाँक्रीले हस्तक्षेपकारी भूमिका खेलेकी थिईन् ।