जसपा नेपालको केन्द्रीय समिति बैठक सुरू


काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको सानागाउँस्थित थसी बेंक्वेटमा सुरु भएको बैठकमा वर्तमान राजनीतिक परिस्थिति, २१ फागुनको प्रतिनिधिसभाको निर्वाचन, पार्टीको संगठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा छलफल चल्नेछ ।

यो बैठक भोलिसम्म चल्ने जनाईएको छ । बैठकको सुरुवातमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे अध्यक्ष उपेन्द्र यादवले आफ्नो राजनीतिक धारणा राख्ने बताईएको छ ।