काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने भएका छन्। गगन थापालाई सर्वसम्मत सभापति बनाउने प्रयास भइरहेका बेला राठौरले भने प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका हुन्।
राठौरले मंगलबार बिहान १० बजे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन्।
पार्टी एकता, कार्यकर्तालाई न्याय र संगठनमा अनुशासनलाई मुख्य एजेन्डा बनाएका राठौरले कांग्रेसमा नेतृत्व चयन लोकतान्त्रिक प्रतिस्पर्धाबाट हुनुपर्ने बताउँदै आएका छन्।
कांग्रेस महाधिवेशन निर्वाचन कार्यक्रमअन्तर्गत मंगलबार बिहानदेखि मनोनयन दर्ता सुरु हुँदैछ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताका लागि समय तोकिएको छ ।




प्रतिक्रिया