काठमाडौं, १९ कात्तिक । विभिन्न १० वाम घटकहरुको एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् । आज (बुधबार) विहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरुसँग झलनाथको छलफल भएको थियो । सो क्रममा उनलाई नेपाली कम्युनिष्ट पार्टीको तेस्रो वरियता दिने विश्वास दिलाइएपछि झलनाथ एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीमा झलनाथले तेस्रो वरियता पाएसँगै वामदेव गौतम भने पछाडि परेका छन् । यसअघि गौतमलाई तेस्रो वरियता दिने तयारी भएको थियो । माओवादीसहित विभिन्न् १० वाम घटकहरुबीच हुन लागेको एकतामा निरन्तर असन्तुष्टि जनाउँदै आएको झलनाथ अन्ततः प्रचण्ड र माधव नेपालकै पछि लागेका छन् । File Photo/RN




प्रतिक्रिया