काठमाडौं, २० कात्तिक । यातायात मजदुरहरुले काठमाडौं उपत्यकाभित्र साना तथा मझौला मालवहाक सवारी साधनलाई ‘अफिस टाइम’ लगाउन नहुने बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले हात्ती गाडी, बोलेरो, मारुती भ्यानलगायतका मझौला सवारी साधनलाई १०औं वर्षदेखि अफिस टाइम लगाइएको बताएका हुन् ।
यातायात मजदुरहरुका अनुसार अहिले काठमाडौं उपत्यकाभित्र साना तथा मझौला गाडीका लागि वहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म चलाउन नपाउनेगरी अफिस टाइम लगाएको छ ।
राज्यले तोकेको कर तिरिसकेपछि निर्वाध रुपमा आफूहरुले व्यवसाय गरेर खान पाउनुपर्ने र राज्यले त्यो प्रकारको वातावरण बनाइदिनुपर्ने उनीहरुले बताए ।




प्रतिक्रिया