काठमाडौं, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री सोनलले आज (शनिबार) दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
सोनल गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीसहित पाँच दलको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कूल १०७ सदस्यीय प्रदेशसभामा हाल १०५ जना सदस्य कायम रहेका छन् । एमालेका १ निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको १ निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीको ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य रहेका छन् । सोनललाई अहिले ५७ जना सांसदको समर्थन रहेको छ ।




प्रतिक्रिया