पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीका पूर्वपदाधिकारीहरुको बैठक, नेपाल र रावल पनि पुगे


काठमाडौं, ३० कात्तिक । पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको पूर्व पदाधिकारीहरुको बैठक सुरु भएको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बताएअनुसार काठमाडौंमा उपलब्ध पूर्व पार्टी पदाधिकारीहरुको बैठक बसेको हो ।

पार्टीको भावी कार्यक्रम तय गर्नका लागि एकता हुनुअघि पार्टीमा रहेका पदाधिकारीहरू छलफलमा जुटेको बताइएको छ । प्रचण्डको सचिावालयले यसलाई अनौपचारिक बैठक भनेको छ ।

बैठकमा पार्टी संयोजक प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाललगायत नेताहरु भीम रावल, पूर्व उपराष्ट्रपतिसमेत रहेका नन्दबहादुर पुन, महिन्द्र राय यादल, पम्फा भुसाल, अग्नि सापकोटालगायतका नेताहरु सहभागी छन् ।