काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ । आज (आइतबार) भएको भेटवार्तामा देउवा र शर्माबीच करिब १ घण्टा कुराकानी भएको थियो । सो क्रममा महामन्त्री शर्माले सभापति देउवालाई महाधिवेशनबारे ध्यानकर्षण गराएका थिए ।
सभापति देउवा सिंगापुरमा उपचार गराएर केही दिनअघिमात्रै नेपाल फर्किएका हुन् । नेपाल फर्किएसँगै उनले आफूनिकट नेताहरुसँगको भेटलाई तीब्रता दिएका छन् । आजको भेटवार्तामा महामन्त्री शर्माले देउवालाई केन्द्रीय समितिमा आएका विभिन्न एजेण्डा, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको विशेष महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए ।
महामन्त्री शर्माले कांग्रेस विधानअनुसार चलेन भने पार्टी र देशका पनि दुर्भाग्यपूर्ण हुने बताए । उनले समयमै नियमित महाधिवेशन हुनुपर्ने र यदि त्यो सम्भव नभए विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्ने बताए । विधानअनुसार कांग्रेस नचल्ने हो भने आफू महामन्त्रीको पदमा बसिराख्न नसक्ने शर्माले देउवालाई चेतावनी दिएका छन् ।




प्रतिक्रिया